चितवन, फागुन ६ । पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण तीनजनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको थियो।
विगत चौबीस घण्टामा तीन हजार ५४१ जनाको पीसीआर परीक्षण गरिएकामा ९६ जनाको नतिजा पोजेटिभ आएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ।
त्यस्तै गत चौबीस घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६९ हजार ५०५ पुगेको छ। हाल क्वारेन्टिनमा ७१ जना छन् भने आइसोलेसनमा एक हजार ६०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Facebook Comments


























