फागुन ६ । गुगल फोटोले प्रयोगकर्तालाई भिडियो जुम इन र जुम आउट गर्ने नयाँ फिचर थपेको छ। यो फिचर विना अपडेट सीधा गुगल सर्भरमा थप गरिएको हो।
यो फिचर एन्ड्रोइड एपमा पनि थपिएको छ। गुगल फोटोको पछिल्लो अपडेटमा यो फिचर पाउन सकिन्छ। भिडियोलाई डबल ट्याप गर्नासाथ भिडियो जुम इन हुन्छ। केही प्रयोगकर्ताले भने यो फिचर अझै नपाएको प्रतिक्रिया दिएका छन्। गुगलले यो फिचर सबै प्रयोगकर्ताका लागि अपडेट गर्नेछ।
सर्भर साइड अपडेट गरिएको यो फिचर हालका लागि आइओएसमा भने उपलब्ध छैन। एपमा हालै सिनेम्याटिक फोटो फिचर पनि अपडेट गरिएको छ। जसमा फोटोमा थ्रीडी इफेक्ट पनि दिन सकिन्छ। यसका अलवा म्याप टाइमलाइन फिचर पनि जोडिएको छ।