फागुन ६ । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग पराजित भएको छ। लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्टस एफसी पोर्टोसँग २–१ ले पराजित भएको हो।
क्रिष्टियानो रोनाल्डोसहित मैदान उत्रिएको युभेन्टसको प्रदर्शन फितलो हुँदा पोर्टोले लाभ लियो। उसले दुई गोल दुवै हाफको पहिलो मिनेटमा थियो। मेहदी तारेमीले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेललाई मौसा मारेगाले ४६औँ मिनेटमा अर्को गोल ग्दै पोर्टोको जित सुनिश्चित गरेका थिए। युभेन्टसका फेदेरिको केइजाले लागि ८२औँ मिनेटमा एक गोल फर्काए। अब दोस्रो लेग आउँदो मार्च ९ मा युभेन्टसको मैदानमा हुनेछ। एजेन्सी
Facebook Comments


























