गोरखा । अजिरकोट गाउँपालिका वडा नं. ४ बाँझेगाउँकी २२ वर्षीया संगीता गुरुङको उपचारमा सहयाेग गरिदिन श्री भूमे जनकल्याण समाजले सार्वजनिकरुपमा अपिल गरेको छ। समाजले रक्त क्यान्सरबाट ग्रस्त गुरुङको उपचारमा सहयोग गरिदिन आग्रह गरेको हो। समाजका अध्यक्ष धनबहादुर गुरुङका अनुसार संगीताकाे हाल चितवनको भरतपुरस्थित बीपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ।
परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा आर्थिक समस्या भएको उनले बताए। समाजले “संगीता गुरुङ उपचार सहयोग अभियान”मा जाेडिदिन पनि सबैमा आग्रह गरेको छ। साथै सहयोग गर्न चाहने जाेकसैले भूमेजनकल्याण समाजका प्रतिनिधि अथवा बिरामी र बिरामीका आफन्तलाई सीधा सम्पर्क गरेर पनि सहयाेग गर्न सकिने समाजका सचिव सुशील दवाडीले जानकारी दिए।

चितवनकाे भरतपुरस्थित बीपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालमा उपचाररत संगीता गुरुङ
सहयाेग गर्न चाहने महानुभावहरुले बिरामीलाई सीधै सहयाेग गर्न चाहेमा संगीता गुरुङकाे नाममा गाेरखास्थित राष्ट्रिय बाणिज्य बैंककाे भच्चेक शाखामा रहेकाे खाता नं. ३२४०१००००४७१८०१० मा पठाउन सकिने उनले बताए। भूमे जनकल्याण समाजमार्फत सहयाेग गर्न चाहनेहरुले समाजका अध्यक्ष धनबहादुर गुरुङ, (९८४१७५७२६१) सचिव सुशील दवाडी (९८५११८२३८५) र सह-काेषाध्यक्ष राजेन्द्र दवाडी (९८४१५०३०९५)लाई प्रत्यक्ष सम्पर्क गरी समन्वय गर्न सकिनेछ।
केही महिनादेखि किमाेथेरापी गराइरहेको पारिवारिक स्राेतले जनाएको छ। उपचाररत गुरुङकाे श्रीमान् वैदेशिक राेजगारमा खाडी मुलुकमा छन् भने घरमा वृद्ध सासु-ससुरा र करिब दुई वर्षकी छाेरी छन्। आमाको उपचारमै समस्या भएपछि दुई वर्षकी छाेरीकाे हेरचाहमा समेत समस्या परेकाे संगीताका ससुरा सन्तबहादुर गुरुङले बताए।
Facebook Comments


























