काठमाडौं, फागुन ५ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार–हत्या घटनामा संलग्न भएको भन्दै दिनेश भट्टविरुद्ध प्रहरीमा जाहेरी दिइएको छ। भागरथीका दाइ शंकर भट्टले १६ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका हुन्।
प्रहरीले दिनेशलाई मंगलबार पक्राउ गरेको छ। उनले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्। आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे थप जानकारी दिने प्रहरीको तयारी छ।
Facebook Comments


























