काठमाडौं, फागुन ५ । उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको टिप्पणी गरेका छन्। नेपाल पत्रकार महासंघको २६ औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रधानमन्त्रीले संसद भंग गरेर सही नगरेको बताए।
‘संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रतिनिधिसभा भंग हुनु गलत छ। यसले राजनीतिलाई सही दिशामा लैजाँदैन’ उनले भने। संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै उनले प्रधानमन्त्रीको गलत कदम सच्चिनुपर्ने बताए। पत्रकार महासंघसँगै पूर्वप्रधानन्यायाधीशहरुले समेत संसद विघटन असंवैधानिक भनेको भन्दै उनले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद पुनःस्थापना हुनुपर्ने बताए।
Facebook Comments


























