फागुन ५ । श्रीलंका क्रिकेट टिमले वेस्ट इन्डिजको भ्रमण गर्ने भएका छन्। श्रीलंकाले मार्चमा वेस्ट इन्डिजको भ्रमण गर्ने भएको हो। वेस्ट इन्डिज भ्रमण दौरान श्रीलंकाले घरेलु टिमसँग टी-ट्वान्टी, एकदिवसीय र टेस्ट सिरिज खेल्नेछ।
टी-ट्वान्टी र एकदिवसीय सिरिज ३ खेलको हुनेछ भने टेस्ट दुई खेलको हुनेछ। टी-ट्वान्टी सिरिज अन्तर्गतको खेल मार्च ३,५ र ७ मा हुनेछ। यस्तै एकदिवसीय सिरिजको खेल मार्च १०,१२ र १४ मा हुनेछ। टेस्ट मार्च २१ बाट सुरु हुनेछ। श्रीलंका सन् २०२० पछि क्यारेबियन राष्ट्रको भ्रमण गर्ने पहिलो टिम बन्नेछ।
Facebook Comments


























