फागुन ४ । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा सानदार जित निकालेको छ। चेन्नईमा मंगलबार भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई ३ सय १७ रनले पराजित गरेको हो।
यस जितसँगै भारतले ४ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ। पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो। भारतले दिएको ४ सय ८२ रनको लक्ष्यसहित ब्याटिङ थालेको इंग्ल्यान्डले दोस्रो इनिङ्समा अलआउट हुँदै १ सय ६४ रन बनायो। दोस्रो इनिङ्समा इंग्ल्यान्डका मोइन अलीले सर्वाधिक ४३ रन बनाए।
यस्तै जोय रुटले ३३ रन जोड्दा डान लरेन्सले २६ र रोरी ब्रुन्सले २५ रन बनाए। भारतका अक्षर पटेलले ५ विकेट लिए। रविचन्द्र आश्विनले ३ तथा कुलदिप यादवले २ विकेट लिए। यस अघि दोस्रो इनिङ्समा भारतले अलआउट हुँदै २ सय ८६ रन बनाएपछि इंग्ल्यान्डले उच्च लक्ष्य पाएको थियो। भारतका लागि रविचन्द्र आश्विनले १ सय ६ रनको शतकीय इनिङ्स खेले। उनको यो टेस्टमा पाँचौं शतक हो। यस्तै कप्तान विराट कोहलीले ६२ रन जोड्दा रोहित शर्माले २६ रन बनाए। इंग्ल्यान्डका ज्याक लिच र मोईन अलीले ४/४ विकेट लिए।
पहिलो इनिङ्समा इंग्ल्यान्डले १ सय ३४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि बेन फोअकेसले अविजित रहदै ४२ रन बनाए। ओली पोपले २२, बेन स्टोक्सले १८ तथा डम सिब्लीले १६ रन बनाए। इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका रविचन्द्र आश्विनले ५ विकेट लिए। इशान्त शर्मा र अक्षर पटेलले २/२ विकेट लिए।
भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय २९ रन बनाएको थियो। पहिलो इनिङ्समा भारतका लागि रोहित शर्माले १ सय ६१ रनको शतकीय इनिङ्स खेले। चेन्नईमा उनको यो पहिलो शतक हो।
यस्तै अन्जिका रहानेले ६७ रन जोड्दा चेतेश्वर पुजारा २१ रन बनाए। ऋषप पन्तले अविजित रहदै ५८ रन जोडे। रविचन्द्र आश्विन १३ रनमा आउट भए।कप्तान विराट कोहली र सुबमन गिल सुन्य रनमा आउट भए। इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए। ओली स्टोनले ३ तथा ज्याक लिचले २ विकेट लिए। एजेन्सी


























