काठमाडौं, फागुन ४ । आज सुनको मूल्य बढेको छ। केही दिनदेखि नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज फेरि बढेको हो। सोमबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो। सोमबार सुनको मूल्य तोलामा एक सयले घटेको थियो।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९० हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ९० हजार ४ सय कायम गरिएको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३४० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार ३६० पुगेको महासंघले जनाएको छ।
Facebook Comments


























