काठमाडौं, फागुन २ । संसद् विघटनको पक्षरविपक्षमा परेको रिटमाथि संवैधानिक अदालतमा अहिले जवाफी बहस चलिरहेको छ। रिट निवेदकका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सकेका छन्। उनले प्रधानमन्त्रीका वकिलले भनेजस्तो सरकारलाई संसद्ले असहयोग नगरेको पनि बताएका छन्।
अहिले अधिवक्ता दीनमणि पोख्रेलले बहस गरिरहेका छन्। प्रतिनिधिसभा विघटनको विपक्षमा १३ वटा रिट दायर भएको छ।
Facebook Comments


























