चितवन, फागुन १ । चितवनमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा एपीएफ क्लबका प्रिन्स दाहाल र एपीएफ क्लबकै दिपेश धामीबीच प्रतिस्पर्धा हुने भएको छ। विश्व वरियतामा तेस्रो नम्बरका खेलाडी दाहालले मेन्स सिङ्गलतर्फ भोजपुरका विकास श्रेष्ठलाई हराउँदै फाइनलमा पुगेका हुन्।
दाहालले श्रेष्ठलाई २१-१२ र २१-१४ को सेटमा पराजीत गरेका थिए। थिए एपीएफ क्लबकै दिपेश धामीले त्रिभुवन आर्मीका नवीन श्रेष्ठलाई पराजित गरेका हुन्। आज (शनिबार) भएको सेमीफाइनलमा धामीले श्रेष्ठलाई २१-१९ र २१-१९ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेका हुन्। त्यस्तै, वुमन्स सिङ्गलतर्फ एपीएफकी जेसिका गुरुङले त्रिभुवन आर्मीकी आयुष्मा राईलाई २१-१७ र २१-१५ को सेटमा हराउँदै फाइनल प्रवेश गरेकी छिन्। वुमन्स सिङ्गलतर्फको अर्को खेलमा त्रिभुवन आर्मीकी रसिला महर्जनले त्रिभुवन आर्मीकै अमिता गिरीलाई २१-१३ र २१-१७ को सेटमा हराउँदै फाइनल प्रवेश गरेकी छिन्। फाइनलमा त्रिभुवन आर्मीकी रसिला महर्जनले एपीएफकी जेसिका गुरुङको सामना गर्नेछिन्।
त्यसैगरी, गल्र्स अण्डर १७ मा पनि आर्मीकै रसिला महर्जन फाइनल प्रवेश गरेकी छिन्। महर्जनले पाल्पाकी दिया शाक्यलाई २१-२ र २१-५ को सेटमा हराउँदै फाइलनमा प्रवेश गरेकी हुन् । गल्र्स अण्डर १७ को अर्को सेमीफाइनल खेलमा कैलालीकी प्राथना देउवा फाइनलमा प्रवेश गरेकी छिन्। देउवाले मोरङकी रोज पाण्डेलाई २१-१२ र २१-१२ को सेटमा हराउँदै फइनल प्रवेश गरेकी हुन्। प्रतियोगितामा ब्याइज अण्डर १७ मा त्रिभुवन आर्मीका आयुष्मान नागरी र सुर्खेतका नरेन्द्र बम फाइनल प्रवेश गरेका छन्।
त्यसैगरी, मेन्स डबलतर्फ ५५ वर्षमाथिको उमेर समूहको फाइनलमा बुद्धि चौधरी र पुष्पा श्रेष्ठको जोडीले राजेन्द्र शाक्य र विष्णुलाल श्रेष्ठको सामना गर्ने भएका छन्। मेन्स डबलतर्फ ४५ वर्षमाथिको उमेर समूहमा पूर्णहरि होना र सञ्जय कपालीको जोडीले वीरेन्द्र सिंह र अनिल लाखेको जोडीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको मेन्स डबलतर्फ फाइनलमा त्रिभुवन आर्मीका नवीन श्रेष्ठ र रत्नजित तामाङको जोडी तथा एपीएफका दिपेश सिंह धामी र गौतम कठायतको जोडी आमने सामने हुने भएको छ। त्यसैगरी, प्रतियोगिताको मेन्स डबल २० ¥याङ्किङका लागि त्रिभुवन आर्मीका पविन लिन्थेप र सुरोज महर्जनको जोडी र बुटवलका विश्वाश नेपाल र गणेश रायमाझीको जोडीबीच प्रतिस्पर्धा हुने आयोजक चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले जानकारी दिए।
शनिबार सेमीफाइलनका सबै खेलहरु सकिएका छन्। देशकै सबैभन्दा ठूलो धनराशिको प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७ को मेन्स सिङ्गल र वुमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने मल्लले बताए।


























