काठमाडौं, फागुन १ । काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकल सहित ट्राफिक महाशाखाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलाल तामाङ्ग रहेको प्रहरीले जनाएको छ।
पक्राउ गरि तीनै जना माथि अनुसन्धान एवम् सोधपुछ गर्दा चोरीका मुख्य नाइके मकवानपुरको थाहा नगरपालिकाका निरश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिए। मोटरसाईकल चोरीका सूचनाहरु प्राप्त भए सँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापूर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो।
Facebook Comments


























