काठमाडौं, माघ २९ । प्रतिनिधिसभा पुनःस्थापनालगायतका तीनबुँदे माग राख्दै डा. गोविन्द केसीले २०औँ सत्याग्रहको घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले आउँदो फागुन १२ गतेसम्म आफ्ना माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानमाथि निरंकुश प्रहार भएकाले त्यसको विरोध गर्नु आफ्नो मौलिक कर्तव्य भएका कारण सत्याग्रहको घोषणा गरेको डा. केसीले बताएका छन्। आम नागरिकलाई समेत यो अहिंसात्मक पहलकदमीमा साथ दिन उनले अपिल गरेका छन्।
Facebook Comments


























