माघ २९ । अष्ट्रेलिया क्रिकेट टिमले बंगलादेशको भ्रमण गर्ने भएको छ। अष्ट्रेलियाले यसै वर्ष बंगलादेशको भ्रमण गर्ने भएको हो।
तर, बंगलादेश भ्रमणको मिति भने तय भएको छैन। अष्ट्रेलियाले बंगलादेशसँग टी-ट्वान्टी सिरिज खेल्नेछ। दुई टिमबीच टेस्ट सिरिज भने हुने छैन। अष्ट्रेलियाले बंगलादेश भ्रमणलाई टी-ट्वान्टी विश्वकपको तयारीको रुपमा लिएको छ।
टी-ट्वान्टी विश्वकप २०२१ मा भारतमा हुँदैछ। अष्ट्रेलियाले सन् २०१७ पछि बंगलादेश भ्रमण गरेको छैन। एजेन्सी
Facebook Comments


























