काठमाडौं, माघ २९ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सुरु भएको छ।अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अधिवक्ता पंकज कर्णले बहस गरिरहेका छन्। आज प्रधानमन्त्रीका तर्फबाट प्रतिनिधिसभा विघटनको पक्षको बहस सक्ने तयारी छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि माघ ३० गतेभित्र बहस सक्न समय दिए पनि शुक्रबार (३० गते) सोनाम ल्होसारको सार्वजनिक बिदा परेकाले आजै प्रधानमन्त्रीको पक्षबाट बहस सकिने बताइएको छ।
Facebook Comments


























