काठमाडौं,माघ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरू समेत पुगेका छन्।
झाँक्रीको घरबाहिर आएर नेकपा युवा कार्यकर्ताले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। झाँक्रीको घरबाहिर प्रहरी र नेकपा कार्यकर्ताको भीड लागेको छ। कार्यकर्ताले प्रहरी हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाई भन्दै नाराबाजी गरिरहेका छन्।
Facebook Comments


























