माघ २८ । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन्। मेलबर्नमा मंगलबार भएको दोस्रो चरणको खेलमा सर्बियन खेलाडी निना स्टोजानोभिचलाई पराजित गर्दै सेरेनाले तेस्रो चरणमा स्थान बनाएकी हुन्।
दशौँ वरीयता प्राप्त अमेरिकी खेलाडी सेरेनाले निनामाथि ६-३ र ६-० को सेटमा जित निकालिन। स्पेनकी गार्बिन मुगुरुजाले पनि तेस्रो चरणमा स्थान बनाएकी छिन्। १४ औं वरियताकी गार्बिनले रुसकी लुडमिला साम्सोनोभालाई ६-३ र ६-१ को सेटमा पराजित गरिन्। चेक रिपब्लिककी पेट्रा कभिटोभा भने दोस्रो चरणबाटै बाहिरिएकी छिन्। नवौं वरीयताकी पेट्रालाई रोमानियाकी सोराना कर्स्टियाले ६-४,१-६ र ६-१ को सेटमा पराजित गरिन्। एजेन्सी
Facebook Comments


























