काठमाडौं, माघ २८ । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ।
एपीएफ आज पनि अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ। एपीएफले ७ खेलमा २१ अंक जोडेको छ। चन्द्रपुर भने एपीएफको अपराजित यात्रा टुंग्याउन चाहन्छ। लिगको छटौँ स्थानमा चन्द्रपुर ७ खेलमा ६ अंक जोडेको छ।
Facebook Comments


























