काठमाडौं, माघ २७ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन्। आज त्रिभुवन आर्मी क्लब र स्याङ्जाको वालिङ नगरपालिका तथा नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिका प्रतिष्पर्धा गर्नेछन्।
आर्मी र वालिङबीचको पहिलो खेल मध्यान्ह १२ बजे शुरु हुनेछ। आर्मी ७ खेलमा १६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा छ।
यस्तै आजै हुने पुलिस र विराटनगरबीचको दोस्रो खेल अपरान्ह ३ बजे शुरु हुनेछ। विराटनगर १० अंक जोडेर तेस्रो स्थानमा छ भने पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। दुबै खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।
Facebook Comments


























