माघ २७ । लुइस स्वारेजको दुई गोलका बाबजुद एथ्लेटिको मड्रिड बराबरीमा रोकिन बाध्य भएको छ। स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा सेल्टा डी भिगोले शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई २–२ को बराबरीमा रोकेको हो।
सेल्टाका लागि १३ औँ मिनेटमा मिना लोरेन्जोले गोल गरि सुरुवाति अग्रता दिलाए। ४५ औँ मिनेटमा एथ्लेटिकोका लागि बराबरी गोल गरेका स्वारेजले त्यसको पाँच मिनेटपछि व्यक्तिगत दोस्रो गोल गरि टिमलाई अग्रता दिलाए। तर ८९ औँ मिनेटमा फेरियराले सेल्टाका लागि बराबरी गोल फर्काए।
एथ्लेटिकोका लागि दुई गोल गरेका स्वारेजले अहिलेसम्म यो सिजन लिगमा १६ गोल गरेका छन् र उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन्। बराबरी पछि पनि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ५१ अंक भएको छ। एजेन्सी
Facebook Comments


























