काठमाडौं, माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद र आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग जान लागेका हुन्।
आयोगले यसअघि माघ १६ गते नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। सो छलफलमा नेकपाको ओली पक्षका दोस्रो तहका नेताहरु पुगेर छलफल गरेपनि प्रचण्ड-नेपाल पक्ष भने सो दिन छलफलमा भाग लिएनन्।
तर त्यसको केहि दिनपछि प्रचण्ड-नेपाल पक्षले आयोगमा आफ्नो पक्षको आधिकारिकता दाबी गरिसकेका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे निर्वाचन आयोग जाँदै छन्। नेकपाका दुवै पक्षले आफु आधिकारिक भएको दाबी गरिरहदा निर्वाचन आयोगले कस्तो निर्णय गर्छ भन्ने सबैको चासो रहेको छ।
Facebook Comments


























