माघ २७ । जर्मन क्लब बार्यन म्युनिख क्लब वर्ल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा अल अहलीलाई २–० ले पराजित गरेर बार्यनले उपाधि नजिकको यात्रा तय गरेको हो।
कतारमा भएको खेलमा बार्यनलाई जिताउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरेका हुन्। उनले १७ र ८५ औँ मिनेटमा गोल गरे। लेवान्डोस्कीले यो सिजन २७ खेलमा कुल २९ गोल गरिसकेका छन्। बार्यनले आउँदो बिहीबार हुने फाइनलमा मेक्सिकन क्लब तिग्रेससँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। एजेन्सी
Facebook Comments


























