बैतडी, माघ २५ । पुर्चौडी नगरपालिका-३ न्वादेउ बस्ने २० वर्षीय बेलमती महरा धामीको गोली प्रहारबाट मृत्यु भएको छ। उनकै बाबु ६९ वर्षीय धनबहादुर महराले भरूवा बन्दुकबाट गोली प्रहार गर्दा बेलमतीको मृत्यु भएको हो।
धनबहादुर र उनकी श्रीमती ५० वर्षीय पार्वती महराबीच सामान्य बिवाद भएपछि छुट्याउन गएकी बेलमतिलाई धनबहादुरले गोली प्रहार गरेका थिए। घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बन्दुकसहित फरार धनबहादुरको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























