काठमाडौं, माघ २५ । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज आइतवार विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका भिड्दै छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने विराटनगर र चन्द्रपुरबीचको खेल अपरान्ह १२ बजे शुरु हुनेछ।
विराटनगर चन्द्रपुरलाई हराएर तेस्रो स्थानमा कायम रहन चाहन्छ। विराटनगर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ। चन्द्रपुर भने विराटनगरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ। चन्द्रपुर ६ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
Facebook Comments


























