माघ २५ । मलेसियामा प्रतिमहिना औषतमा २३ नेपालीको मृत्यु भएको पाइएको छ। मलेसियामा प्रति महिना औषतमा २३ जनासम्म नेपालीको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले बताएका छन्। धेरैजसो आत्महत्याका घटना छन्। गत वर्ष मलेसियामा ४६ जना नेपालीले अत्महत्या गरेको कार्कीले बताए। गत वर्ष मलेसियामा २ सय ८४ नेपाली श्रमिकको मृत्यु भएको थियो।
द्वतीय सचिव कार्कीले दिएको जानकारी अनुसार सन् २०१९ मा २ सय ९८ नेपालीको मृत्यु भएकोमा ४९ वटा आत्महत्याका घटना छन्। सन् २०१८ मा पनि ४५ जना नेपालीले आत्महत्या गरेका थिए। सो वर्ष मलेसियामा ३ सय ४५ जनाको मृत्यु भएको थियो। मलेसिया अझै २२ नेपालीको शव स्वदेश पठाउन बाँकी रहेको दूतावासले जनाएको छ।