काठमाडौं, माघ २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।
देउवाले शनिबार बिहान सामाजिक संजाल ट्वीटरमार्फत यस्तो माग गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खवरले निकै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु। देउवाले भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
दोगडाकेदार–३ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा पढ्ने उनी २१ गते विद्यालय गएपछि बेपत्ता भएकी थिइन्। उनको घर पुग्न २० मिनेट पैदल दूरी बाँकी रहेको लवलेक जंगलमा २२ गते बीभत्स अवस्थामा भट्टको शव भेटिएको थियो।


























