माघ २४ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले आज रोमासँग प्रतिस्पर्धा गर्दैछ। युभेन्ट्सले घरेलु मैदानमा रोमाको सामना गर्नेछ । दुई टोलिबीचको खेल राति पौने ११ बजे सुरु हुनेछ।
घरेलु मैदानमा रोमालाई हराएर युभेन्ट्स तेस्रो स्थानमा उक्लन चाहन्छ। रोमा पनि युभेन्ट्सलाई हराएर शीर्ष दुई टिमसँगको अंक दुरी घटाउन चाहन्छ।युभेन्ट्स ३९ अंक जोडेर चौंथो स्थानमा रहेको छ। ४० अंक जोडेको रोमा तेस्रो स्थानमा रहेको छ। लिगमा ४७ अंक जोडेको इन्टर मिलान शीर्ष स्थानमा रहेको छ।
यस्तै ४६ अंक जोडेको एसी मिलान दोस्रो स्थानमा रहेको छ। अर्को खेलमा नापोलीले जेनोआसँग खेल्नेछ। त्यस्तै एटलान्टाले टोरिनोसँग खेल्दा सासोउलोले स्पेजियासँग खेल्नेछ।
Facebook Comments


























