माघ २४ । किसान आन्दोलनका क्रममा आज भारतमा देशव्यापी चक्काजामको घोषणा गरिएको छ। तीनवटा कृषि कानुन फिर्ताको माग राख्दै आन्दोलनमा रहेका किसानहरुले आज चक्काजामको घोषणा गरेका हुन्।
दिउँसो १२ बजेदेखि ३ बजेसम्म देशव्यापी चक्काजाम घोषणा गरिएको छ। तर यो चक्काजाम दिल्ली, उत्तर प्रदेश र उत्तराखण्डमा हुने छैन। गणतन्त्र दिवसका दिन भएको हिंसा नदोहोरियोस् भन्नका लागि यी तीनवटा राज्यमा चक्काजाम नगर्ने किसान संगठनहरुले बताएका छन्। संयुक्त किसान मोर्चाले चक्काजाम शान्तिपूर्ण रुपमा सफल पार्न र घुसपैठ हुनबाट रोक्न अपील गरेको छ। एजेन्सी
Facebook Comments


























