काठमाडौं, माघ १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाल र कतारबीचको सिरिज स्थगित भएको जनाएको छ।
नेपालले कतारसँग कतार स्पोर्ट्स डेको अवसरमा बाइल्याट्रल टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको थियो। सिरिज फेब्रुअरी ९ देखि १२ सम्म हुने तालिका रहेको थियो। तर, कोरोनाको महामारी बढेसंगै कतार सरकारले स्पोर्ट्स डे स्थगित गरेपछि नेपालको कतार भ्रमण स्थगित भएको हो।
कतार भ्रमणका लागि नेपालले बन्द प्रशिक्षणका लागि १८ सदस्सीय खेलाडी छनोट समेत गरिसकेको थियो। क्यानले सोमबारबाट तयारी समेत गर्ने बताएको थियो। यस्तै क्यानले अब टिमको प्रशिक्षण समेत अर्को सूचना नआएसम्मको लागि स्थगित भएको जनाएको छ।
Facebook Comments


























