काठमाडौं, माघ १९ । सोमबार पनि नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ। आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेर ९२ हजार ६०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ।
यस्तै तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैंया रहेको छ। यसैगरी आइतबार १३ सय २० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य तोलामा ८० रुपैंयाले बढेर १ हजार ४०० रुपैंयमा कारोबार हुने महासंघले जनाएको छ।
Facebook Comments


























