माघ १९ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे। जर्जिनियो विज्नाल्डमले एक गोल थपे। वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए। खेलको ६८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए। खेलको ८४ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए। त्यसपछि खेलको ८७ औं मिनेटमा वेस्ट ह्यामका डसनले एक गोल फर्काएपनि लिभरपुल ३-१ ले विजयी भयो।
जितसंगै लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको छ। लिभरपुलले २१ खेलबाट ४० अंक जोडेको छ। वेस्ट ह्याम ३५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। एजेन्सी


























