काठमाडौं, माघ १८ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ। नेकपाले भोलि (सोमबार)का लागि बैठक बोलाएको हो।
बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। बैठकको एजेन्डाबारे जानकारी नभएको उनले बताए। सरकारले प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाखमा निर्वाचनको घोषणा गरेपछि नेकपा सडक संघर्षमा छ। गएको पुसमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधामन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको थियो।
Facebook Comments


























