काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ। संवैधानिक इजलासमा आइतबार रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका छन्। यस्तै, अधिवक्ता लोकेन्द्रबहादुर ओली, कलमबहादुर खत्री र मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन्।
तेह्रौं रिट निवेदनमाथिको बहस पनि आइतबार नै सकिएपछि सोमबारदेखि सरकारी पक्षको बहस शुरु हुने भएको हो। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट निवेदन दायर भएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।
Facebook Comments


























