माघ १८ । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो।
यसैगरी तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। यसैबीच चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
Facebook Comments


























