काठमाडौं, माघ १८ । सुर्खेतमा शनिबार सभामा सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेका खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले त्यसका लागि माफी मागेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले सम्बोधन गर्ने क्रममा ‘नेपाल सरकार’ भन्नुपर्नेमा भूलवश अन्यथा भएको भन्दै क्षमा याचना गरेका हुन्।
‘आम नेपाली नागरिक, मेरा शुुभचिन्तक र नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भूलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।’

Facebook Comments


























