माघ १८ । बंगलादेशले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजका लागि टिमको घोषणा गरेको छ। बंगलादेशले वेस्ट इन्डिजसँग खेल्ने १८ सदस्सीय टेस्ट टिमको घोषणा गरेको हो।
बंगलादेशले घोषणा गरेको टिममा शकिब अल हसन परेका छन्। एक वर्षको प्रतिबन्धपछि उनि पहिलो पटक टेस्ट टिममा परेका हुन्। शकिबले पछिल्लो पटक सन् २०१९ मा अफगानिस्तानविरुद्धको टेस्ट खेलेका थिए।
शकिब वेस्ट इन्डिजसँगको एकदिवसीय सिरिज खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका थिए। बंगलादेशले मोनिनुल हकको कप्तानीमा टेस्ट टिमको घोषणा गरेको हो। बंगलादेशले घरेलु मैदानमा वेस्ट इन्डिजसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ। बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो टेस्ट फेब्रुअरी ३ मा सुरु हुनेछ।
Facebook Comments


























