माघ १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले निर्णायक गोल गरे।
जिससले खेलको नवौं मिनेटमा निर्णायक गोल गरेका थिए। जितसंगै सिटीले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। सिटीले २० खेलमा ४४ अंक जोडेको छ। सेफिल्ड ८ अंक जोडेर पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























