माघ १७ । राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले दोस्रो जित हात पारेको छ। शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भएको खेलमा विराटनगरले चौदाण्डीगढी नगारपालिकालाई ६–० ले हराएको हो।
विराटनगरको सहज जितमा अनु राईले २, कुसुम खतिवडा इमा राई, मनिषा थापामगर र पार्वती घलेले समान १–१ गोल गरे। खेलको २१औं मिनेटमा अनुले विराटनगरलाई अग्रता दिलाइन्। ३६ औं मिनेटमा अनुले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन्। ३९औं मिनेटमा इमा र ४३ औं मिनेटमा मनिषाले गोल गर्दा विराटनगरले पहिलो हाफमा ४–० को अग्रता बनायो।
पहिलो हाफमा ४ गोल गरेको विराटनगरले दोस्रो हाफमा २ गोल थप्यो। ८२औं मिनेटमा कुसुम र ८३औं मिनेटमा पार्वतीले गोल गरेपिछ विराटनगर ६–० ले विजयी भएको हो। जितसँगै विराटनगरले ४ खेलबाट ७ अंक जोडेको छ। लगातार चौथो पराजय व्यहोरेको चैदण्डीगढी अंकविहीन छ।


























