माघ १५ । युएईमा आयोजना हुने टी-१० क्रिकेट लिग आजबाट सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन ३ खेलहरु हुँदैछ। पहिलो खेलमा मरठा अरेबियन्स र नर्थन वारिवर्सबीच प्रतिस्पर्धा हुँदैछ।
अरेबियन्सबाट यस सिजन नेपालका सोमपाल कामीले खेल्दैछन्। सोमपालले प्लेईङ सेटमा खेल्ने सम्भावना रहेको छ। यस्तै डेकन ग्लाडीयटर्सले पुने डेभिल्ससँग खेल्नेछ। पुनेबाट यस सिजन नेपालका करण केसीले खेल्दै छन्। तेस्रो खेलमा बंगला टाइगर्स र दिल्ली बुल्सबीच प्रतिस्पर्धा हुनेछ। टी-१० लिगमा अर्का नेपाली खेलाडी कुशल मल्लले आबुधाबी खेल्नेछन्। यस्तै पूर्व कप्तान पारस खड्काआबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन्।
Facebook Comments


























