काठमाडौं, माघ १२ । धितोपत्र कारोबार सूचक नेप्से दोहोरो अंकले बढेको छ। साताको दोस्रो दिन सोमबार नेप्से १६.०४ अंकले बढेर २ हजार ४४०.८७ अंकमा बन्द भएको छ।
हिजोको तुलनामा आज कारोबार रकम केही घटेको छ। नेप्सेका अनुसार आज ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको कारोबार भएको छ। बाह्र उपसूचकमध्ये सातओटा उपसूचकमा करेक्सन भएको छ। होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, जीवन बिमा र माइक्रोफाइनान्स उपसूचकमा करेक्सन भएको हो।
Facebook Comments


























