काठमाडौं, माघ १२ । राष्ट्रिय महिला लिग फुटबलमा आज (सोमबार) एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।
चौदण्डी र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ। चौदण्डी र चन्द्रपुर आज पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन्। दुबै टिम अघिल्ला खेलमा पराजित भएका थिए। दुबै टिम अंक विहीन रहेका छन्।
तर, लिगको दोस्रो खेलमा दुबै टिम अंक जोड्न चाहन्छ। चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६-० ले पराजित भएको थियो। यस्तै पहिलो खेलमा चन्द्रपुर पनि एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो।
Facebook Comments


























