काठमाडौँ, माघ १२ । स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा फ्रेन्की डी जोंग र रिक्वी पुइगले एक एक गोल गरेका थिए। रातो कार्ड पाएका कारण सस्पेन्डमा रहेका लियोनेल मेसी भने यस खेलमा उपलब्ध थिएनन्। यो जितपछि बार्सिलोना ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाको १९ खेलमा ३७ अंक भएको छ। शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको १८ खेलमा ४७ अंक रहेको छ।
त्यस्तै एल्चेको भने १८ खेलमा १७ अंक रहेको छ र लिगमा १९औ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























