काठमाडौं, माघ ११ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई २२१ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिंग गरेको बागमती प्रदेशले आदील खान र इशान पाण्डेको अर्धशतकको मद्दतले ५० ओभरमा ९ विकेट गुमाउदै २२० रन बनाएको हो।
आदीलले ५५ रन बनाए भने पाण्डेले ५१ रन बनाएका थिए। त्यस्तै आकाश थापाले ३९ रन, पृथु बास्कोटाले २९ र कप्तान ज्ञानेन्द्र मल्लले १४ रनको योगदान दिएका थिए।
त्यस्तै लुम्बिनी प्रदेशका बलर दिपेन्द्र रावतले ३ विकेट लिएका थिए भने कृष्ण कार्की र सन्दीप सुनवारले २/२ विकेट लिएका थिए। त्यस्तै बिक्रम भुसाल र अनिल खरेलले एक एक विकेट लिएका थिए। प्रतियोगितामा अहिलेसम्म बागमतीले खेलेका तिनै खेल जितेको छ भने लुम्बिनी प्रदेशले ३ खेलमा दुई जित र एक हार बेहोरेको छ।
Facebook Comments

























