माघ ११ । करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसलाई हराएको छ। शनिबार राति करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले हराएको हो।
रियलको जितमा बेन्जिमाको दुई गोलसंगै ब्राजिलियन स्टार कासमिरो र इडेन हजार्डले एकएक गोल गरे। घरेलु टोली आल्भेसका जोसिलोले एक गोल फर्काए। जितसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसंगको दूरी चार अंकमा झारेको छ। एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ। रियल ४० अंकसहित दोस्रो र आल्भेस १८ अंकसहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ। एजेन्सी
Facebook Comments


























