माघ ११ । साविक विजेता आर्सनल एफए कप फुटबलबाट बाहिरिएको छ। शनिबार भएको चौंथो चरणको खेलमा साउथह्याम्पटनसँग १(० गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो। साउथह्याम्पटनको मैदानमा आत्मघाती गोलको कारण आर्सनल बाहिरिएको हो।
आर्सनलका ग्राबियलले खेलको २४औँ मिनेटमा आत्मघाती गोल गरेका थिए। त्यही गोल नै साउथह्याम्पटनको जितमा पर्याप्त बन्यो। बल पोजिसनमा पकड जमाएपछि आर्सनलले घरेलु टिमविरूद्ध गोल गर्न सकेन। आर्सनल एफएए कपको सर्वाधिक सफल टिम मानिन्थ्यो। उसले १४ पटक एफए कपको उपाधि जितेको टिम थियो। एजेन्सी
Facebook Comments


























