माघ ९ । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज होबार्ट हरिकेन्स र पर्थ स्कर्चर्सबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्टले सुरुवातमा बलिङ गर्ने भएको छ। पर्थले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
पर्थविरुद्ध सन्दीप प्लेईङ-११ मा परेका छन्। सन्दीप लगातार पाँचौं खेलमा प्लेईङमा परेका हुन्। सन्दीपले अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।सन्दीपले यस सिजनको ५ खेलमा ४ विकेट लिएका छन्। सन्दीप आबद्द होबार्ट ११ खेलमा २३ अंक जोडेर छैटौं स्थानमा रहेको छ। पर्थ २४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
Facebook Comments

























