काठमाडौं, माघ ५ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशका आदिल खानले अर्धशतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वाग्मती प्रदेशले २४ ओभरको समाप्तिमा २ विकेट गुमाएर १ सय २६ रन बनाएको छ।
६९ बलको सामना गरेका वाग्मतीका आदिन खानले ८ चौका मद्दतमा अर्धशतक पूरा गरेका हुन्। ओपनिङ ब्याट्सम्यान आकाश थापा १३, पारस खड्का २० रनमा पवेलियन फर्के। सुदूरपश्चिम प्रदेशका भोजराज भट्ट र विनोद लामाले समान एक विकेट लिए।
Facebook Comments


























