माघ ४ । पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा पुगेको छ। शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै पीएसजी लिग वानको शीर्ष स्थानमा पुगेको हो। डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल नै पीएसजीका लागि निर्णायक बन्यो।
जितसँगै पीएसजीले दोस्रो स्थानको लियोनसंग २ अंकको अग्रता लिएको छ। यद्यपि लियोनले एक खेल कम खेलेको छ। पीएसजीको २० खेलबाट ४२ अंक छ। एन्जर्स ३० अंकसहित सातौँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























