काठमाडौं, माघ ३ । तीन दिने भारत भ्रमण पूरा गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिवार स्वदेश फिर्ता भएका छन्। नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीवार भारत गएका थिए।
बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, सीमा, पारवहन, कोभिड विरुद्धको खोप लगायतका विषयमा छलफल भएको छ। नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल लगायत सहभागी भएका थिए।
Facebook Comments


























