घोराही, माघ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डजस्तो व्यवहारमा इमान्दार नेता अरु कोही नभएको बताएका छन्।
दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक नेताहरुमध्ये प्रचण्ड सबैभन्दा इमान्दार भएको भन्दै प्रशंसा गरे। इमान्दार नेताका रुपमा प्रचण्ड देखिएको बताउँदै अध्यक्ष नेपालले केपी ओली विध्वंशको प्रतीक भएको आरोप लगाए।
अध्यक्ष नेपालले संविधानविपरीत कार्य गरेकाले ओलीले जनताबाट सजाय पाउने दाबीसमेत गरे। ओलीमा कुनै नैतिकता नै नभएको बताउँदै अध्यक्ष नेपालले अहमता र तानाशाह प्रवृत्ति केही दिनमै ढल्ने दाबी गरे। दाङमा नेकपाको प्रचण्ड–माधव पक्षले जिल्ला स्तरीय भेला आयोजना गरेको छ।
Facebook Comments


























